त्यो समय जब रोनाल्डोको खेल हेर्न नपाए पछि दर्शकले हाले अदालतमा मुद्दा

Juventus' Portuguese forward Cristiano Ronaldo looks on prior to the Italian Serie A football match lazio Rome vs Juventus Turin on December 7, 2019 at the Olympic stadium in Rome. (Photo by Filippo MONTEFORTE / AFP)

क्रिस्टियानो रोनाल्डो फुटबलका सुपरस्टार हुन् र बिश्वभर उनको धेरै फ्यानहरु रहेका छन् भने उनको खेल स्टेडियममा हेर्ने धेरैको सपना रहेको छ। दक्षिण कोरियाली फ्यानहरुको यो सपना साकार हुने समय २०१९मा आएको थियो जब युभेन्टस मैत्रीपूर्ण खेल खेल्न कोरिया आए।

कोरियाली फ्यानहरु धेरै उत्साहित थिए रोनाल्डोको खेल हेर्न महँगो टिकट खरीद गर्दै ६५,००० फ्यानहरु स्टेडियममामा पुगे तर ३-३मा अन्त्य भएको युभेन्टस र टिम के-लिगको खेलमा रोनाल्डो बेन्चमा रहे उनले खेल खेलेनन्।

रोनाल्डोको खेल हेर्न नपाए पछि फ्यानहरु धेरै दु: खी र क्रोधित भए। कुरा यहाँ सम्म पुग्यो कि फ्यानहरुले सो खेलको आयोजक बिरुद्ध अदालतमा मुद्दा हाल र दर्शकहरुले सो मुद्दा जितेका पनि छन् म्याच प्रमोटर फास्टा इंकले रोनाल्डोले ४५ मिनेट भए पनि खेल्ने भनेर वाचा गरेका थिए।  अदालतले आयोजकलाई दर्शकको टिकटको आधा रकम फिर्ता गर्न आदेश दिए।

सो समयमा कोच सर्रीले उनको मांसपेशीमा समस्या रहेको कारण उनले नखेलेको बताए।