रोनाल्डो हाल फुटबलको सुपरस्टार हुन् तर २००३मा उनी धेरै नामी थिएनन् र जब सर एलेक्स फर्गुसनले उनलाई म्यानचेस्टर युनाइटेडमा साइन गरे धेरैको आँखा उनी माथि थियो।
Ruud van Nistelrooy wasn’t impressed with Cristiano Ronaldo’s antics in Man Utd training 🤡
— Goal News (@GoalNews) January 29, 2021
युनाइटेडमामा सबैले उनको राम्रो स्वागत गरे पनि युनाइटेडका सो समयका सुपरस्टार रुड भ्यान निस्टेलरोयले उनी माथि केही शङ्का गरेको पूर्व युनाइटेड स्टार रियो फर्डिनान्डले बताए।
रियो फर्डिनान्डका अनुसार प्रशिक्षणमा रोनाल्डोको स्किल मुभ देखेर रुड भ्यान निस्टेलरोयले रोनाल्डोलाई सर्कसमा हुनु पर्ने भनेका थिए र सो टिप्पणीलाई रोनाल्डो खुसी नभएको पनि उनले बताए ।
Ruud van Nistelrooy told Cristiano Ronaldo he ‘belongs in a circus’ in Manchester United training ground bust-up which inspired Portugal star to be the best https://t.co/nUD60HIzQH
— Sports Informer (@Sportsinformer3) January 29, 2021
तर पछि रोनाल्डोले आफ्नो प्रतिभा देखाए र उनी युनाइटेडको एक लेजेण्ड बने भने रुड भ्यान निस्टेलरोय पनि उनको प्रतिभाको प्रशंसा गरे।
सो बारे पूर्व पूर्व युनाइटेड स्टार रियो फर्डिनान्ड भने “यो तुरुन्त भएन तर उनी [रोनाल्डो] सँग अविश्वसनीय स्किल थियो र उनी दर्शकलाई मनोरञ्जन गर्न र आफ्नो सीप देखाउन रुचाउँथे।
“उनी तालिममा डुबेका थिए तर मलाई एक पटक याद छ, त्यो समय रुड भ्यान निस्टेलरोय युनाइटेडका स्टार थिए सबै गोल उनले गर्थे।
Ruud van Nistelrooy told Cristiano Ronaldo he ‘belongs in a circus’ in Manchester United training ground bust-up which inspired Portugal star to be the best https://t.co/nUD60HIzQH
— Sports Informer (@Sportsinformer3) January 29, 2021
“प्रशिक्षणमा रोनाल्डो सँग बल थियो रुडले बक्समा रन बनाउँदै थिए, र उनले रोनाल्डो सँग पास माग्दै चिच्याए तर रोनाल्डोले पास नदिए पछि रुडले उनलाई भने ‘ऊ सर्कसमा हुनुपर्छ, पिचमा हैन’।
“सो कुरा भने पछि उनी तालिमको पिचबाट बाहिर गए, र रोनाल्डो खुसी थिएनन् र उनले सोधे- ‘के उनले त्यो मलाई भनेका हुन् ? सो समय रोनाल्डो १८ वा १९ वर्षका थिए।”