२०१३मा रियल म्याड्रिड मेस्सीलाई साइन गर्ने इच्छुक रहेको कुरा खुलेको छ। खबर अनुसार रियल उनलाई €२५० मिलियनमा साइन गर्न चाहन्थे – तर मेस्सीले रियाललाई उक्त प्रस्तावको जवाफ “रियललाई आफ्नो समय बर्बाद नगर्नु” भनेको खबर छ।
Lionel Messi’s brutal response to Real Madrid when they offered him a €440k-a-week contract 😅https://t.co/fNsUddZlFp pic.twitter.com/OWLRdLeIKN
— SPORTbible (@sportbible) October 15, 2020
२००४मा आफ्नो पहिलो खेल देखि मेस्सी बार्साको एक महत्त्वपूर्ण भाग बनेका छन्। उनलाई साइन गर्नु धेरै क्लबको रुचि रहेको छ भने २०१३मा रियलले उनलाई साइन गर्ने प्रयास गरेको कुरा खुलेको छ।
खबर अनुसार रियल मेस्सीलाई प्रति हप्ता €४५०,०००को तलब दिन तयार थिए। तर, मेस्सीको रियलमा सामिल हुने कुनै मनसाय थिएन र उनले रियललाई भने: “म मेरो समय बर्बाद गर्दिन र तपाईहरु पनि आफ्नो समय खेर नफ्याँक्नु।”
Real Madrid ‘wanted to pay Lionel Messi’s £222m release clause in 2013’ and planned to offer Barcelona star eight-year, £384,000-a-week contract https://t.co/AKPCfh6n2E pic.twitter.com/unL3iWm4FN
— MailOnline Sport (@MailSport) January 13, 2018
त्यो समयमा रियलले मेस्सीका बुबासंग पनि कुरा गरेको खबर छ र ८ वर्षको सम्झौता गर्न रियल इच्छुक थिए र उनको बुबालाई पनि रियल €१६ मिलियन दिन तयार थिए।