जब मेस्सी ट्रोफीसंग खाटमा सुते

विश्व कप २०२२ जितेको अर्जेन्टिनी टोली आज मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई समर्थकहरुले भव्य रूपमा स्वागत गरे ।

सरकारले अर्जेन्टिनामा आज सार्वजनिक बिदा नै दिएको थियो । विश्व कपको उपाधि जित्ने क्रममा अर्जेन्टिनाका कप्तान मेस्सी नायक बने ।

उपाधि जितेका मेस्सीले विश्व कपको ट्रफीलाई निकै माया गरेका छन् । उपाधि जितेसँग उनले ट्रफी बोकेका तस्बिर सार्वजनिक गरेका छन् ।

मेस्सीले खाटमा समेत ट्रफी छाडेका छैनन् । उनले आफ्नो सामाजिक संजालमा विश्व कप टोफिसंग आफू सुतेको केही फोटोहरु सार्वजनिक गरेका हुन् ।