जब मेस्सीले सेभिल्लाको खेलाडीलाई कुइनाले हाने पछि

एजेन्सी, लिओनेल मेस्सीले गए राती भएको खेलमा रातो कार्ड पाउनबाट बाचेको छ। कोपा डेल रे अन्तर्गतको खेलमा सेभिलासंग बार्सिलोना पहिलो लेगमा २-० गोल अन्तरले पराजित भएको थियो।

खेलमा बार्सिलोना हारको नजिक पुगे पछि मेस्सीले आफ्नो रिस सेभिलाका खेलाडि जुआन जोर्डनलाई कुइनाले हान्न पुगे।

उक्त घटना खेलको ६२” मिनेटमा घटेको थियो जब जोर्डनले मेस्सीलाई लडाए। सेभिलाको मिडफिल्डरले बार्शाको छिटो फ्रि-किक प्रहार रोक्न खोजेका थिए।

मेस्सीले हतार गर्दै बल जिर्डनक हातमा प्रहार गरे। त्येस पछि उन्ले कुइनाले जोर्डनलाई हान्न पुगे। सेभिल्ला मिडफिल्डर रेफ्रिको अगाडि लड्न पुगे तर रेफ्रिले जोर्डनलाई पहेलो कार्ड देखाए।

पुर्ब बार्सिलोनाका मिडफिल्डर इभान राकितिच र जुलेस कोउन्डे गोल गर्दै पहिलो लेगको खेलमा सेभिल्लालाई अग्रता दिलाए।