जब मेस्सीले गोल गरे पछि दर्शकहरू सँग माफी मागे

लियोनेल मेस्सीले एक पटक २०१५ मा गोल गरे पछि दर्शकको अगाडी माफी मागे। ६ पटकका बलोन डि’ओर विजेताले २०१५को क्लब वर्ल्ड कपको फाइनलमा रिभर प्लेटको विरुद्ध गोल गरे पछि खुसी मनाउन अस्वीकार गरे र गोल गरे पछि माफी मागे।

गोल गरेपछि उनले खुसी मनाउनुको सट्टा आफ्नो हात माथि राखेर लगभग १६,००० रिभर प्लेटका फ्यानहरूको अगाडी माफी मागेका थिए।

आफू न्युवेल ओल्ड ब्वाइजको युवा उत्पादन भए पनि, अर्जेन्टिनाका कप्तानले अर्जेन्टाइन क्लब रिभर प्लेटका समर्थकहरूलाई “दु: खी” बनाएकोमा आफूलाई खराब महसुस लागेको उनले बताए ।

“मलाई थाहा छ त्यो खेलको लागि यात्रा गर्न ती सबै प्रशंसकहरूले कति मेहनत गरेका थिए र उनीहरू कत्ति उत्साहित थिए,” उनले स्पोर्ट मार्फत फिफासँगको एक अन्तर्वार्तामा भने।

“र त्यहाँ म, एक अर्जेन्टाइन जसले गोल गर्दै ती सबैको उत्साह नष्ट गरे। मैले आफ्नो हात माथि गरे, त्यो माफी मागेकोको एक प्रकार हो।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ