जब पेनाल्टी प्रहार गर्न म्यान्चेस्टर सिटीका गोलकिपर अघि बढे

इङलिस प्रेमिएर लिगमा गए राती भएको म्यान्चेस्टर सिटी र टोटेन्ह्याम बिचको खेलमा सिटीका गोलकिपर इडर्सन पेनाल्टी प्रहार गर्न अघि बढे, तर टिममेट बर्नार्डो सिल्भाले उनलाई रोके ।

 

खेलमा टोटेन्ह्यामका खेलाडीले सिटीका गुन्डोगानलाई फाउल गरेपछि म्यान सिटीले पेनाल्टी पाएको थियो । पेनाल्टी सिटीका मिड्फिल्डर रोड्रीले प्रहार गर्दै सिटीलाई खेलमा अग्रता दिलाएको हो ।