जब नेमारले यस्तो उत्कृष्ट कर्नर किक प्रहार गरे

ब्राजिलियन सुपरस्टार नेमार आफ्नो उत्कृष्ट शैली र स्किलको लागि धेरै प्रसिद्ध छन् र फुटबलमा उनको धेरै क्षणहरू छ फ्यानहरूको लागि यादगार हुने गर्छ।

२०१७मा जब उनी बार्साबाट पिएसजी आए उनले टूलूस विरुद्ध निकै उत्कृष्ट असिस्ट प्रधान गरे। उनले निकै अविश्वसनीय कर्नर किक प्रहार गर्दै आफ्नो टिम मेट कुर्जुवालाई असिस्ट गरे र सो कर्नर किकको अहिले पनि चर्चा हुने गरेको छ।

उनी भर्खरै पिएसजी आएका थिए र २०१७को अगस्तमा टूलूस विरुद्धको खेलमा निकै उत्कृष्ट प्रदर्शन गरेका थिए। ६-२को जितमा उनले दुई गोल गरेका थिए भने २ असिस्ट पनि गरेका थिए र उनको दोस्रो असिस्टको धेरै चर्चा भएको थियो जुन उनले कर्नर किक मार्फत गरेका थिए।

आफ्नो दायाँ बुटबाट उनले निकै शक्तिशाली र अप्रत्याशित सो कर्नर किक प्रहार गरे जसमा कुर्जुवाले पनि निकै उत्कृष्ट गोल गरे।

नेमारको सो उत्कृष्ट कर्नर किक प्रहारको अझै पनि चर्चा हुने गरेको छ र उनले लिग १मा आफ्नो आगमनको घोषणा निकै उत्कृष्ट प्रदर्शनको साथ गरेका थिए।