जब नेमारलाई फाउल गर्न खोज्ने खेलाडी आफै घाइते भए

ब्राजिलियन फुटबल स्टार नेमार खेलको क्रममा धेरै फाउलहरूको सिकार बन्न पुग्छन् तर गत सिजन मार्सेलीका खेलाडी अल्भारो गोन्जालेजको फाउल प्रयास विफल भएको क्षण अझै पनि चर्चाको विषय हुने गरेको छ।

गत सिजन मार्सेलीका खेलाडी अल्भारो गोन्जालेज र नेमार बिच केही तनाव भएको थियो भने सो तनाव पुरा सिजन भरि चल्यो र फेब्रुअरीमा जब लिग १मा फेरी पनि पिएसजी र मार्सेली बिच भेट भएको थियो र अल्भारो गोन्जालेजको प्रयास नेमारलाई फाउल गर्ने स्पष्ट रूपमा देखिन्थ्यो तर खेलको ६५औ मिनेटमा उनको त्यो प्रयास उल्टो भएको थियो।

नेमारले बल अगाडी बढाउने क्रममा गोन्जालेजले आफ्नो खुट्टा नेमारको टाउको सम्म लग्न खोजे र नेमारलाई फाउल गर्ने प्रयास असफल रह्यो र नेमार बल डि-बक्स भित्र लग्न सफल भए र गोन्जालेजले फेरी पनि उनलाई फाउल गर्न प्रयास गरे तर त्यो समय उनी आफै चोट ग्रसित हुन पुगेका थिए। नेमारलाई फाउल गर्न प्रयास गर्दा गोन्जालेज आफै घाइते भए पछि सो समयको भिडियो निकै भाइरल भएको थियो भने अहिले पनि सो खेलको चर्चा हुने गरेको छ।

फेब्रुअरीमा भएको सो खेल पनि तनावपूर्ण रहेको थियो। सो खेलमा मार्सेलीमा पायेतले रातो कार्ड पाएका थिए सो खेल भने पिएसजीले २-०ले जितेको थियो।