जब तेस्रो डिभिजनको क्लबसंग रियल म्याड्रिड हारे पछि

रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ ।

बुधबार राति तेस्रो तेस्रो श्रेणीको क्लब एल्कोयानोसँग अतिरिक्त समयमा २-१ ले पराजित हुँदै रियल बाहिरिएको हो ।

एल्कोयानोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियल पराजित भएको हो ।

दोस्रो रोजाईका खेलाडी मैदान उतारेको रियलले ४५ औं मिनेटमा अग्रता बनाएको थियो । इडर मिलिटाओले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८० औं मिनेटमा एल्कोयानोका जोस सोल्वेसले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा थप गोल भएन र खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

खेलको १०९ औं मिनेटमा एल्कोयानो १० खेलाडीमा समेटियो । उसका रामोन लोपेज दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए ।

तर, खेलको ११५ औं मिनेटमा जुआनानले गोल गर्दै एल्कोयानोलाई २-१ को जित दिलाए ।

कोपा अन्तर्गत नै अर्को खेलमा रियल सोसिडाडले कोर्डाेवालाई २-० ले हराएर अघिल्लो चरणमा पुगेको छ ।