जब टोरिनोका खेलाडीले विपक्षी डिफेन्डरलाई कार्ड पाउनबाट बचाए

इटालियन सिरी ए लिगमा टोरिनोका स्ट्राइकर एन्ड्रिया बेलोट्टीले एटलान्टाको विरुद्धको  खेलमा निकै राम्रो ‘स्पोर्टम्यानशिप’ देखाए।

सो खेलमा बेलोट्टी बल अगाडी लाग्ने क्रममा डि-बक्स बाहिर लड्न पुगे, तर एटलान्टाका खेलाडीहरू संग उनको कुनै ‘टच’ थिएन तर रेफ्रीलाई सो कुरा थाहा नभएको देखिन्छ र रेफ्री एटलान्टाका सेन्टर ब्याक क्रिस्टियन रोमेरोलाई पहेँलो कार्ड र टोरिनोलाई फ्री किक दिन तयार थिए।

तर टोरिनोका स्टार बेलोट्टीले उक्त कुरा स्पष्ट गरे र उनी आफै लडेको र कुनै फाउल नरहेको बेलोट्टीले रेफ्रीलाई भने र विपक्षी डिफेन्डरलाई कार्ड दिनबाट रेफ्रीलाई रोके।

हाल सो घटनाको भिडियो निकै भाइरल हुँदै गएको छ र टोरिनोका स्ट्राइकर एन्ड्रिया बेलोट्टीको राम्रो स्पोर्टम्यानशिपको लागि उनको धेरै प्रशंसा हुँदै गरेको छ । उक्त खेल भने ३-३को बराबरीमा अन्त्य भएको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ