फुटबलमा अनौठो कुरा धेरै हुने गरेको छ र खेलाडीहरू सामान्य ट्याकलमा पनि लड्ने नयाँ कुरा हैन तर २००७मा सेल्टिक र एसी मिलान बिचको च्याम्पियन्स लिग खेलमा स्टार ब्राजिलियन गोलकिपर डिडाले आफ्नो ‘नाटक’को लागि २ खेलको प्रतिबन्ध हुन पुगे।
📅 ON THIS DAY 📅#OTD in 2007, AC Milan goalkeeper Dida was violently assaulted at Celtic Park.
He received a two-match ban for his theatrics. RIP Dida.
🎧 About You Now – Sugababes pic.twitter.com/c0j9PnhgFZ
— WeLoveBetting (@WeLoveBettingUK) October 3, 2018
खेलको क्रममा सेल्टिकको गोल सेलिब्रेट गर्न एक फ्यान मैदान छिरे र सो क्रममा उनको हात डिडाको अनुहारमा लग्न पुगेको थियो, डिडाले सो व्यक्तिको पीछा गर्न प्रयास गरे तर उनले घाइते भएको ‘नाटक’ गर्ने निर्णय गरे र उनलाई स्ट्रेचरमा मैदान बाहिर लग्न परेको थियो।
Watching Celtic v Milan from 07/08 and what a moment this was from Dida 🤣🤣🤣 The stretcher is the best part pic.twitter.com/uK9YVDghe3
— David Teague (@daveyteague96) May 3, 2020
डिडाको उक्त कार्य उल्टो हुन पुग्यो र उनी २ खेलको लागि प्रतिबन्धित भए। उनको कार्यको लागि युइएफएले उनको विरुद्ध कारबाही गरे र उनको कार्य सपोर्टम्यानशिप विपरीत रहेको युइएफए बयान थियो।
अहिले पनि डिडाको सो कुरा बारे ट्रोल हुने गरेको छ।