जब कोलोम्बियन खेलाडीले विपक्षी टिमको खेलाडीलाई पहेंलो कार्ड देखाए

कोलम्बियाको फुटबल लिगमा भएको निकै हास्यास्पद क्षणको हाल धेरै चर्चा हुँदै गरेको छ। कोलम्बियन लिगमा अमेरिका डे क्याली र एलियान्जा पेट्रोलेर बिचको खेलमा अमेरिका डे क्यालीका डिफेन्डरले विपक्षी टिमको खेलाडीलाई पहेँलो कार्ड दिए पछि सो भिडियो हाल धेरै भाइरल हुँदै गरेको छ।

खेल १-१को बराबरीमा रहेको बेला ९७ औँ मिनेटमा भीएआरको मद्दतमा अमेरिका डे क्यालीले दोस्रो गोल पायो र त्यो कुराबाट पेट्रोलेरका खेलाडीहरू खुसी थिएनन् र सो ’bout विरोध गर्दा रेफ्रीले पेट्रोलेरका खेलाडीलाई पहेँलो कार्ड दिन खोज्दा उक्त कार्ड रेफ्रीको हातबाट खस्यो र अमेरिका डे क्यालीका डिफेन्डर मार्लोन टोरेसले उक्त कार्ड उठाए र विपक्षी टिमको खेलाडीलाई देखाए।

हाल उक्त हास्यास्पद क्षणको भिडियो धेरै भाइरल हुँदै गएको छ। अमेरिका डे क्यालीकाका डिफेन्डर मार्लोन टोरेसको उक्त व्यवहारबाट भने एलियान्जा पेट्रोलेरका खेलाडीहरू खुसी नरहेको देख्न सकिन्थ्यो।

उक्त खेल भने अमेरिका डे क्यालीले २-१ले जितेको थियो। ल्यारी एङ्गुलोले अन्तिम समयमा गोल गरेको थियो र उक्त गोल ’bout विवाद हुँदा भीएआर चेक पनि भएको थियो र भीएआरले पनि उक्त गोल प्रधान गरे पछि एलियान्जा पेट्रोलेरका खेलाडीहरू असन्तुष्ट थिए।