जब खेलपछि सालाह बिपक्षी टोलिको ड्रेसिङ रूममा पुगे

लिभरपुल तथा इजिप्टका स्टार फर्वार्ड मोहमद सालाहले अन्तरास्ट्रिय खेलमा इजिप्टसंग केनियाले बराबरी खेलेपछि केनियाका सबै खेलाडीहरुलाई ड्रेसिङ रुममा गएर बधाई दिए ।

उक्त खेलमा १-१ बराबरी खेलेको केनिया अफ्रिका कप अफ नेसन्सबाट बाहिरीएको छ ।

यद्यपि, इजिप्ट भने छनोट भएको छ ।

सालाहको यो उच्च वर्गीय कार्य पछि उनलाई केनियाद्वारा अफ्रिका कप अफ नेसन्सको लागि शुभकामना दिइयो । सालाहले पनि केनियालाई भविष्यको लागि शुभकामना दिए ।

केनियाले उत्कृष्ट प्रदर्सन गरे बाबजुद छनोट हुन नसके पछि केनियाका खेलाडीहरुको मनोबल उच्च राख्न सालाह बिपक्षी टोलिको ड्रेसिङ रुममा पुगेको हो ।

सालाहले आफ्नो जर्सी केनियाका मिड्फिल्डर केनेथ मुगुनालाई दिए ।