जब क्लबका मालिकले आफ्नो छोरालाई टिममा राख्न निर्देशन दिए

हाल सामाजिक सञ्जालहरूमा एक फोटो भाइरल हुँदै गएको छ। जसमा एक अरबपतिले फुटबल क्लब किनेर सो क्लबमा आफ्नो छोरालाई खेलाएको चर्चा भएको थियो र उक्त फोटो र समाचार चीनको रहेको छ।

चिनियाँ करोडपति हि शिहुआले चिनको दोस्रो डिभिजनको क्लब जिबो कुजुमा लगानी गर्दै क्लबमा आफ्नो ठुलो प्रभाव पारे र उनले आफ्नो छोरालाई टिममा राख्न कोचलाई बताए भने उनको छोराले क्लबबाट खेलेको भिडियो र फोटोहरू भाइरल हुँदै गएको छ।

क्लब जिबो कुजुले गत सिजन तेस्रो डिभिजनबाट दोस्रोमा प्रमोसन पाएको थियो भने यो सिजन जिबो कुजुको निकै खराब फम रहेको छ। क्लब जिबो कुजुले गत सिजन तेस्रो डिभिजनबाट दोस्रोमा प्रमोसन पाएको थियो भने यो सिजन जिबो कुजुको निकै खराब फम रहेको छ र अन्तिम ५ खेलबाट कुजुले मात्र १ अङ्क लिन सफल भएको बेला क्लबका मालिक हि शिहुआ क्लबमा निर्णय आफ्नै हातमा लिए र उनले आफूलाई र आफ्नो छोरोलाई पनि खेलाउने निर्णय लिए ।

मेको सुरुवातमा, उनले क्लबमा नम्बर १० जर्सी लगाएर खेल्ने निर्णय लिए, फुटबलमा उक्त नम्बर सामान्यतया क्लबको सर्वश्रेष्ठ खेलाडीले लिने गरेको छ। रिपोर्टका अनुसार शिहुआले खेलमा थोरै प्रभाव पारे र उनले बल पनि धेरै छुन सकेनन् टिममा आफूलाई खेलाडीको रुपमा राखे पछि हाल उनले आफ्नो छोरालाई पनि टिममा राख्ने निर्णय गरेका छन् र उनको छोराले ७ नम्बरको जर्सी लगाए जुन फुटबलको अर्को प्रख्यात जर्सी नम्बर हो।

खबर अनुसार उनले कोचलाई आफ्नो छोरालाई सबै खेलमा खेलाउन आदेश दिएका छन् तर शिहुआका छोराको तौल १२६ केजी रहेको छ र स्पष्ट रुपमा उनी ‘म्याच फिट’ छैनन्। हाल उनको छोराले सो क्लबबाट खेल्दै गरेको भिडियो र फोटोहरू भाइरल हुँदै गएको छ।