जब एन्सेलोटीले रिचार्लिसनलाई ”तिमीले बालोन डि’ओर जित्नेछौ” भने

इङलिस क्लब इभर्टन तथा ब्राजिलका स्ट्राइकर रिचार्लिसनले बालोन डि ओर जित्ने प्रशिक्षक कार्लो एन्सेलोटिले बताएको रिचार्लिसन आफैले खुलाएका छन् ।

“उनले (एन्सेलोटी) मैले बालोन डि ओर जित्ने छु र धेरै प्रतियोगितामा शीर्ष गोलकर्ता हुनेछु बताए । म उहाँको कुरामा विश्वास गर्छु किनकि उनी निकै अनुभवी ब्यक्ति हुन र उनले सबै जितेका छन्”, एन्सेलोटी बारे बोल्दै रिचार्लिसन ।