जब एकै खेलमा अर्लिङ हालाण्डले ९ गोल गरे

हाल सबै तिर नर्वेका युवा प्रतिभा हालाण्डको चर्चा हुने गरेको छ। जर्मन क्लब बोरुसिया डर्टमन्डमा उनको खेल निकै राम्रो रहेको छ भने उनको नाम रियल, म्यान सिटी जस्तो क्लब सँग जोडिने क्रम जारी रहेको छ।

हालाण्डको चर्चा हाल निकै धेरै भए पनि केही वर्ष अगाडी धेरैलाई उनको ’bout थाहा थिएन रेड बुल साल्जबर्गमा उनले आफ्नो गोल गर्ने क्षमताबाट लाइमलाइटमा आए तर फिफा यु-२० विश्वकपबाट नै उनको चर्चा हुन सुरु भैसकेको थियो।

पोल्यान्डमा भएको यु२० विश्वकपमा उनले एकै खेलमा ९ गोल गरे। प्रतियोगितामा उनले होन्डुरस विरुद्ध ह्याट्रिकको ह्याट्रिक गरे र १९९७मा ब्राजिलका अदेल्तनले ६ गोलको साथ बनाएको यूथ फुटबलको रेकर्ड तोडे।


उनले सो प्रतियोगितामा गोल्डन बुट जिते भने सो विश्वकपको केही महिना पछि साल्जबर्ग संग च्याम्पियन्स लिगमा उनले आफ्नो गोल गर्ने क्षमता देखाए।

हाल उनी स्टार बनेका छन् भने रियल, बार्सिलोना र म्यान सिटी जस्तो क्लबको नजर उनी माथि रहेको छ।