च्याम्पियन्स लिगमा पोर्तो संग युभेन्टस नकआउट भए पछि इटालीमा फ्यानहरू खुसी छैनन्। च्याम्पियन्स लिगको लगातार असफलता पछि क्लब र खेलाडीको आलोचना हुने क्रम रहेको छ भने क्लबका सुपरस्टार रोनाल्डो पनि इटालियन प्रेस र फ्यानहरूको आलोचनाको सिकार बनेका छन्।
Bruno Fernandes: “Ronaldo? Cristiano is one of the greats in the history of football. His mentality inspires those who practice this sport. He has won a lot, but no one can win alone.” #muzone [@Gazzetta_it] pic.twitter.com/O1vxRafb0v
— United Zone (@ManUnitedZone_) March 11, 2021
सो खेल पछि इटालियन रिपोर्टरहरू रोनाल्डोको आलोचना गर्नेमा व्यस्त छन् भने म्यान्चेस्टर युनाइटेडका स्टार मिडफिल्डर ब्रुनो फर्नांडीसले रोनाल्डोको पक्षमा बोलेका छन्। ब्रुनो र रोनाल्डो राष्ट्रिय टिमको टिम-मेट हुन् र च्याम्पियन्स लिगको खेल पछि ब्रुनोले आलोचनाको सिकार बनेका रोनाल्डोको पक्षमा बोले।
“क्रिस्टियानो फुटबल इतिहासमा एक महान् व्यक्ति हुन्,” फर्नांडिसले ग्याजेटा डेल्लो स्पोर्ट्सलाई भने। “उहाँको मानसिकताले यो खेलमा अभ्यास गर्नेहरूलाई प्रेरित गर्दछ।
🗣️ “He has won a lot, but no one can win alone.”
🗣️ “I understand that his presence in Juventus had created enormous expectations for the Champions League, but when a team loses, they lose as an entire squad, not a single player.”https://t.co/hzSPmYSFwr
— SPORTbible (@sportbible) March 12, 2021
“उनले धेरै जितेका छन्, तर कोही एक्लै जित्दैन।
“म बुझ्छु कि युभेमा उनको उपस्थितिले च्याम्पियन्स लिगको लागि ठुलो आशा सिर्जना गरेको थियो, तर जब एउटा टोली हार्छ , तिनीहरू सम्पूर्ण खेलाडीको रूपमा हार्छ, एकल खेलाडी होइन।”