जब इटालियन वेटरलाई लेस्टर सिटीका मालिकले क्लबमा ट्रायलको मौका दिए।

लेस्टर सिटीका स्वर्गीय मालिक भिचाई श्रीवद्धनप्रभालाई धेरैले निकै सहयोगी र दयालु मान्ने गर्छन तर २०१८मा एक हेलिकप्टर दुर्घटनामा उनको दुःखद मृत्यु भएको थियो। उनको मृत्यु पछि इटालियन वेटर डेभिड लोरेन्जो संलग्न एक अविश्वसनीय कथा अनलाइन देखा परेको थियो ।

पूर्व खेलाडी लोरेन्जो एक रेस्टुरेन्टमा काम गर्थे र जब उनले त्यहाँ भिचाई श्रीवद्धनप्रभालाई देखे इटालियनले उनलाई चिने। लोरेन्जोले थाई व्यापारीको समूहलाई आफुले सेवा गर्न अनुरोध गरे र लोरेन्जोले पछि उनि संग फुटबलको बारेमा कुरा गर्न थाले।

२४ बर्षेका वेटरले युभेन्टस युवा टिममा आफ्नो समय बारे भिचाई श्रीवद्धनप्रभालाई भने र इटालियनले पछि माल्टा, बेल्जियम र नर्वेमा स्थायी क्लब खोज्न संघर्ष गरेको बने बताए।

डेभिड लोरेन्जोको संघर्ष सुनेर लेसेस्टर सिटीका मालिकले क्लबमा ट्रायलको मौका दिए।

ट्रायलमा उनको राम्रो प्रदर्शन रहेको थियो र क्लबले उनलाई छोटो अवधिमा सम्झौता प्रस्ताव गरे जुन लोरेन्जोले स्वीकार गरे र उनले प्रिमियर लिग क्लब संग प्रशिक्षण लिन पाए।

लोरेन्जो केहि महिना प्रभावित भए तर उनको लागि किंग पावरमा अर्को सम्झौता कमाउन त्यो पर्याप्त थिएन। यद्यपि उनले क्लबका पहिलो टोलीमा खेल्न नपाए पनि , लोरेन्जोको कथाले स्वर्गीय भिचाई श्रीवद्धनप्रभाको दयालुता देखाउँदछ।