जब आफ्नो स्वर्गीय बुवाको पुरानो फुटेज हेरेपछि रोनाल्डो भावुक भए

पोर्चुगलका स्टार रोनाल्डोलाई आफ्नो स्वर्गीय बुवाको एक फुटेज देखाइए पछि इन्टर्भियुमा भाबुक भएको भिडियो २०१९मा भाइरल भएको थियो भने अहिले पनि हाल सो भिडियोको चर्चा हुने गरेको छ।

रोनाल्डोलाई उनका बुवा जोसे डिनिस अभिएरो (जसको २००५ मा धेरै रक्सी सेवनका कारण लिभर खराब भएर मृत्यु भएको थियो) को एक भिडियो क्लिप देखाइएको थियो ।

रोनाल्डोले रुँदै भने, “मैले यो भिडियो कहिले हेरेको थिएन, कहिले थिएन, एकदमै अविश्वसनीय” ।

जब रोनाल्डोलाई आफ्नो बुवाले यस्तो गर्वका साथ छोराको उपलब्धिको बारेमा कुरा गर्दा कस्तो महसुस गरिरहनु भएको छ भन्ने प्रश्न गर्दा उनले भने, “मैले यो अत्यन्तै रमाइलो भिडियो होला थानेको थिए र म रुन्छु भनेर सोचेको थिएन । मैले यो पहिला कतै देखेको थिएन, मलाई थाहा छैन यो तपाईँहरूले कहाँ… मेरो परिवारलाई देखाउन म संग यो हुनु पर्छ ।

‘तर मलाई मेरो बुवा कस्तो हुनु हुन्थ्यो थाहा छैन, उनी एक जडिया थिए ।

‘मैले उहाँ संग साधारण तरिकाले कहिले बोल्न पाइन, एकदमै गाह्रो थियो ।’ रोनाल्डो २० वर्षको उमेर हुँदा आफ्नो बुवा गुमाएका थियो ।