जब अर्लिङ हालाण्डले म्यानुअल न्युएरलाई कुनै औसत किपर जस्तो देखिने बनाए

अर्लिङ हालाण्डले बायर्न म्युनिख बिरूद्ध गरेको उत्कृष्ट गोलको भिडियो हाल भाइरल हुदै गएको छ।

बुन्डेसलिगामा बायर्न म्युनिख बिरुद्धको खेलमा डर्टमण्डको लागि अर्लिङ हालाण्डले निकै उत्कृष्ट गोल गरे सो क्रममा उनले बायर्नका स्टार किपर म्यानुअल न्युएरलाई एक औसत किपर जस्तो देखिने बनाए।

खेलको ८३ औं मिनेटमा डर्टमण्ड ३-१ले पछि रहेको बेला हालाण्डले निकै उत्कृष्ट गोल गरे सो क्रममा उनले न्युएरलाई सजिलैसँग पछि पार्दै गोल गरे र उक्त गोलको धेरै प्रशंसा हुदै गरेको छ ।

उक्त खेलमा म्यानुअल न्युएरको पनि उत्कृष्ट सेभहरु रहेको थियो र उनको प्रदर्शन पनि निकै राम्रो रहेको थियो।

शनिबार राति भएको उक्त खेल भने बायर्नले ३-२ जितेको थियो । जितसँगै बायर्नले शीर्ष स्थान यथावत राखेको छ । बायर्नले ७ खेलमा १८ अंक जोडेको छ । डर्टमण्ड ७ खेलमा १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।