जब अपमानजनक शब्द प्रयोग गरेका खेलाडी संग यसरी बदला लिए विपक्षी खेलाडीहरुले

जातीय दुर्व्यवहारको शिकार बनेका डिडियर जोकोराले मामिलालाई आफ्नै हातमा लिए जब विपक्षी खेलाडीले आफु प्रति अपमानजनक शब्द प्रयोग गरे।

अप्रिल २०१२ मा टर्की सुपर लिगमा ट्रैब्ज़ोंस्पर र फेनरबेस बीचको खेलमा, ट्रैब्ज़ोंस्परका जोकोरा बिरुद्ध फेनरबेसका एमरेले अपमानजनक शब्द प्रयोग गरेका थिए। एमरेलाई पछि जातीय दुर्व्यवहारको लागि मात्र २ खेलको प्रतिबन्ध लग्यो जसबाट जोकोरा र उनको टिम मेटहरु खुसी थिएनन्।

तर एक महिना भन्दा पनि कम समय पछि दुई बीच फेरी मैदानमा भेटे भयो त्यो समय उनि र उनका टीम मेटले एमरे संग बदला मैदानमै बदला लिए।

सो खेलमा एमरे ट्रैब्ज़ोंस्परका खेलाडीहरुको लापरवाहिता ट्याकल र लातको शिकार बन्न पुगे। जोकोरा र उनका टिम मेटले उनलाई आफ्नो किक र ट्याकलको लक्ष्य बनाए

बल एमरेको खुट्टामा भएको समय उनि माथि ट्याकल र किकको वर्षा हुने गर्यो र अधिकांश समय उनि मैदानमा लडेको देख्न सकिन्थ्यो।

प्रारम्भिक घटना भएको दुई बर्ष पछि एमरे पहिलो टर्की फुटबलर बने हो जातीय अपराधको लागि निलम्बन भए र दुई र आधा महिनाको जेल सजाय पाए।