आउँदो जनवरीको ट्रान्सफर विन्डोमा ला लिगा क्लब रियल म्याड्रिडले कुनै नयाँ खेलाडी नभित्राउने भनेर रियल म्याड्रिडका कोच कार्लो एन्सेलोटीले दाबी गरेका छन्।
Carlo Ancelotti on Real Madrid plans for January: “January signings? We’re not interested in winter signings”. 🚨⚪️ #RealMadrid
“The squad will remain the same for the rest of the season”. pic.twitter.com/lprOTqSzw8
— Fabrizio Romano (@FabrizioRomano) October 29, 2022
युरोपियन फुटबलको ट्रान्सफर विन्डो अब २०२३को जनवरीमा खुल्ने छ भने धेरै खेलाडीहरूको नाम रियल म्याड्रिड सँग जोडिएको बेला कार्लो एन्सेलोटीले भने रियलले कुनै खेलाडी साइन नगर्ने भनेर एक पत्रकार सम्मेलनमा बोलेका छन्।
“जनवरीमा नयाँ खेलाडी साइन गर्ने? हामी जाडोको ट्रान्सफर विन्डोमा नयाँ खेलाडी भित्राउने रुचि राख्दैनौँ”- रियल म्याड्रिडका कोच कार्लो एन्सेलोटीले एक पत्रकार सम्मेलनमा ट्रान्सफर विन्डो वारे प्रस्न हुँदा जवाफ दिँदै भने।
“यो सिजन भरी टोली उस्तै रहनेछ।”
गत ट्रान्सफर विन्डोमा रियल म्याड्रिडले एएस मोनाकोबाट ओरेलियन चाउमेनी र चेल्सीबाट एन्टोनियो रुडिगर साइन गरेको थियो भने यो सिजनको अन्तिम ट्रान्सफर विन्डोमा रियल म्याड्रिडले कुनै खेलाडी नभित्राउने भनेर कार्लो एन्सेलोटीले बताएका छन्।