जनवरीमा लियोनका स्टार स्ट्राइकर साइन गर्न बार्सिलोना प्रतिबद्ध हुने

बार्सिलोनाले जनवरीमा लियोनका स्ट्राइकर मेम्फिस डिपे साइन गर्ने योजनालाई पुरा गर्ने छ।

बार्साले उनलाई गर्मीको विन्डोमा साइन गर्न खोजेको थियो र बार्सा धेरै नजिक पनि पुगेको थियो तर बार्सा असफल भएको थियो।

कोम्यान डच स्टारका ठुलो फ्यान हुन् र अब आउँदो विन्डोमा उनलाई साइन गर्न कोम्यान उत्साहित रहेका छन्। डच स्टारको सम्झौता जुनमा लियोन संग अन्त्य हुने छ र बार्साले उनलाई जनवरीमा कम रकममा साइन गर्न सक्ने छ नत्र जुनमा उनि फ्री एजेन्टमा क्लब छोड्न सक्ने छन्। ।

फाती चोटग्रसित भए पछि डिपेले बार्सालाई केहि राहत दिने पनि कोम्यानको विश्वास रहेको छ।