जनवरीमा म्यानचेस्टर सिटीले मेस्सीलाई साइन गर्न प्रयास गर्ने

जनवरीमा म्यानचेस्टर सिटीले मेस्सी साइन गर्न प्रयास गर्ने खबर रहेको छ। हाल मात्र सिटीले आफ्नो कोच पेप गार्डियोला संग सम्झौता विस्तार गरेको थियो।

सिटीले हाल पेप गार्डियोला संग सम्झौता दुई वर्षको लागि विस्तार गरेको छ र मेस्सीको सिटी सामु मागहरु मध्ये यो पनि एक रहेको थियो जुन सिटीले पुरा गरेको छ र अब आउँदो ट्रान्सफर विन्डोमा सिटीले मेस्सी साइन गर्न सबै प्रयास गर्ने खबर छ।

सिटीले यो सिजनको अगाडी पनि मेस्सी प्रति आफ्नो चासो स्पष्ट गरेका थिए तर मेस्सी बार्सा छोड्न असफल भएका थिए भने जनवरीमा बार्सा उनलाई बेच्न तयार हुन सक्ने छ किन भने यो सिजनको अन्त्य पछि मेस्सी फ्री एजेन्टमा अन्य क्लब जान सक्ने छन् र सो बार्साको लागि हालको अवस्थामा ठुलो घाटा हुने छ।

मेस्सीको बिक्रिबाट रकम पाउने बार्साको अन्तिम मौका जनवरीमा रहेको छ। सिटीले यो कुराको फाइदा लिदै जनवरीमा उनलाई साइन गर्न प्रयास गर्ने खबर छ।