जनवरीमा बार्साले दुई खेलाडीहरू साइन गर्न- चोटग्रसित फातीको विकल्प भने साइन नगर्ने

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले जनवरीमा दुई खेलाडी साइन गर्ने लक्ष्यको पुष्टि गरेका छन।

अन्सू फातीको शल्यक्रिया गरिएको छ र अर्को चार महीनाको लागि उनि मैदान बाहिर हुने छन्। यद्यपि, कोम्यानले खुलासा गरे कि बार्सिलोनाले जनवरीमा उनको स्थान भर्न कुनै खेलाडीलाई साईन गर्ने योजना गरिरहेको छैन।

“हामीले चोटग्रसित भएको कुनै खेलाडीको विकल्प हस्ताक्षर गर्नुपर्दैन,” कोम्यानले उल्लेख गरे। “हामीले पहिले नै [बार्सिलोना प्राविधिक सचिव] रामन प्लेनसँग कुरा गरिसकेका छौं र सबैलाई पहिले नै थाहा थियो कि कुन स्थानलाई सुदृढ पार्नु पर्ने थियो।

“हामी फोवार्ड र सेन्टर-ब्याक खोज्दै छौ र अन्य सबै कुरा उस्तै हुने छ।”