जनवरीमा नेमार साइन गर्न सक्ने बारे बार्सिलोनाको येस्तो प्रतिक्रिया

बार्सिलोनाका क्लब अध्यक्ष जोसेप मारियो बार्टमेउले जनवरीमा नेमार साइन गर्ने योजना नरहेको स्पष्ट पारे।

क्याटालान क्लबले पेरिस सेन्ट-जर्मेनसँग धेरै वार्ताहरु गर्‍यो तर पनि नेमारलाई फेरी साइन गर्न बार्सिलोना असफल भए।

“उनि हाम्रो जनवरीको ट्रान्सफर योजनामा छैनन्”- बार्टमेउले क्याटालान प्रेसलाई बार्सिलोनाको जनवरी विन्डोमा नेमारलाई साइन गर्ने सम्भावनाको बारेमा बोल्दै भने।

“बार्सिलोनाले पिएसजी को मागहरु पूरा गर्न सकेन”

“बार्सिलोनाले नेमारका लागि अरु खेलाडीहरूको प्रस्ताव गरेको थिएन, पीएसजनै हो जसले खेलाडीको पनि माग गरेको थियो”

“हामीले उनलाई साईन गर्न सबै सक्दो प्रयास गर्यौं”