जनवरीमा नयाँ स्ट्राइकरको खोजीमा हुने बार्सा

आउँदो जनवरीको ट्रान्सफर विन्डोमा ला लिगा क्लब नयाँ स्ट्राइकरको खोजीमा हुने जानकारी छ। बार्सिलोनाको हालको आर्थिक अवस्थाका कारण, यद्यपि नयाँ खेलाडी साइन गर्न क्लबेले वर्तमान टोलीबाट कुनै खेलाडी बेच्नु पर्ने छ।

हाल बार्साका धेरै जस्तो खेलाडीहरू चोट ग्रसित रहेका छन्। सर्जियो अगुएरो लामो समय सम्म मैदान बाहिर हुने जानकारी छ भने लुक डे जोङ्ग सँगको लोन समय घटाउने बार्साको योजना रहेको खबर छ र नयाँ स्ट्राइकर साइन गर्ने तिर बार्सा लाग्ने रिपोर्ट छ।

मार्दिन ब्रेथवेट पनि हाल चोट ग्रसित छन् भने उनको फर्किने मिति निश्चित छैन।

नयाँ स्ट्राइकर साइन गर्ने बार्सा छिट्टै क्लबको बोर्ड बिच एक बैठक हुने जानकारी छ भने जसमा कसलाई भित्र्याउने ’bout छलफल हुने रिपोर्ट मार्काको रहेको छ।

हाल जाभीको आगमन पछि क्लबमा पूर्ण निर्माणको काम हुने देखा परेको छ र नयाँ खेलाडीहरू साइन गर्न बार्सा भित्र छलफल हुँदै गरेको खबर छ।