जनवरीको ट्रान्सफर विन्डोमा बार्सा धेरै सक्रिय हुने

जनवरीको ट्रान्सफर विन्डो सुरु हुन नजिक रहेको बेला ला लिगा क्लब बार्सिलोनाका कोच जाभीले बार्सा धेरै सक्रिय हुने सङ्केत दिएका छन्। हाल बार्साको फम निकै खराब रहेको छ भने क्लबमा सुधारको धेरै आवश्यकता रहेको छ जनवरीको ट्रान्सफर विन्डोमा बार्साले खेलाडी किन बेच गरेर आफ्नो स्थिति सुधार गर्न सक्ने छ।

जाभीले सिजनको पहिलो हाफको निराशाजनक खेलपछि आफ्नो टोलीमा सुधार गर्नुपर्ने स्वीकार गरे।

बार्साका प्रशिक्षकले एक अन्तर्वार्तामा बार्साको हालको फम ’bout बोल्दै भने: “हामी यसमा काम गरिरहेका छौँ, यो वास्तविकता हो।

“टिमले सधैँ सुधार गर्नुपर्छ र हामी ट्रान्सफर विन्डोमा सचेत छौँ। हामीले धेरै कुरा गरिरहेका छौँ। हामीले बिहीबार फलदायी बैठक गरेका थियौँ।

“म के चाहन्छु र मलाई के चाहिन्छ भन्नेमा म स्पष्ट थिएँ।”

बार्सा हाल धेरै खराब फममा रहेको छ। च्याम्पियन्स लिगबाट युरोपा लिगमा झरेको बार्सा ला लिगाको पनि आठौँ स्थानमा रहेको छ १५ खेलमा मात्र ६ खेलमा बार्साले जित हासिल गरेको छ।