आयाक्सका स्टार फोवार्ड क्विन्सी प्रोमेसलाई गम्भीर छुरा प्रहार आरोपमा पक्राउ परेका छन्। खबर अनुसार उक्त घटना जुलाईमा नेदरल्याण्ड्सको एक गोदाममा भएको थियो र सो घटनामा उनि संलग्न भएको प्रमाणित भए उनलाई चार वर्ष जेल सजाय हुन सक्ने खबर छ।
🚨 BREAKING: Quincy Promes has been arrested by the police due to a stabbing incident! He would have stabbed a family member which injured the victim heavily. This morning they brought Promes to jail where he will remain for 3 days. [via @MikeVerweij]
F*cking hell… 😳 pic.twitter.com/7RgjuvDrFe
— 𝐀𝐅𝐂 𝐀𝐉𝐀𝐗 💎 (@TheEuropeanLad) December 13, 2020
उनले आफ्नै परिवारका सदस्य माथि चक्कु प्रहार गरेको खबर छ र पीडित व्यक्ति गम्भीर रुपमा घाइते रहेको खुलेको छ। आइतबार बिहान, नेदरल्याण्ड्सका स्टार प्रोमेसलाई चक्कु आक्रमणको आरोपम पक्राउ परेका परेको खबर छ र हाल उनलाई हिरासतमा राखिएको छ।
पुलिस प्रवक्ता जेलर गेरड्सको एक विज्ञप्तिमा सो बारे बोलेका छन्। “हामीले एक महिना अघि मात्र घटनाको बारेमा सुनेका थियौं। त्यसपछि अनुसन्धान शुरू भयो र आज बिहान आरोपी पक्राउ परेका छन् ।”