छक्का हान्दै सागरले पुरा गरे अर्धशतक

एसीसी एसिया कप छनोटमा सागर पुनले छक्का हान्दै ओमान बिरुद्ध अर्ध शतक प्रहार गरेका छन् । सागरले ६५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अर्ध शतक पुरा गरेका हुन् । नेपालले यो समचार तयार पार्न सम्म ४१ ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको छ ।

अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो । त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ । जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।