च्यासल युथ क्लबले भित्र्यायो जापानीज खेलाडी

ए डिभिजन क्लब च्यासल युथ क्लबले जापानीज खेलाडी भित्र्याएको छ ।

जापानीज खेलाडी जुनिची ओजावालाई च्यासलले आगामी ए डिभिजन लिगको लागि भित्र्याएको हो ।

मिडफिल्ड पोजिसनमा खोल्ने ओजावाले यसअघि मंगोलियाको गोयो एफसी र लाओसको प्रबाङ एफसीबाट व्यवसायीक फुटबल खेलेका थिए । ओजावाको अनुबन्धबारे च्यासलले पुष्टी गरे तापनि आर्थिक सम्झौताबारे भने केही खुलाएको छैन ।

ए डिभिजन लिग मङ्सिर २८ देखि सुरु हुनेछ ।