च्यासलको जितमा सन्तोष साहुखलाको गोल

च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले संकटालाई २–० ले हराएको हो ।

च्यासलका जितमा दुवै गोल सन्तोषले गरे ।

पहिलो हाफको ४१ औ मिनेटमा गोल गर्दै उनले च्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलकाे अन्तिम समयमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले च्यासलकाे जित पक्का गरे ।

गत सिजनको उपविजेता संकटाले हारसंग प्रतियोगिताको सुरुवात गरेको छ ।

गत सिजन सनसनीपूर्ण प्रर्दशन गरेको संकटाले नयाँ सिजन पहिलो खेलमा खासै प्रभाव देखाउन सकेन ।

च्यासलका लागि दुई गोल गरेका सन्तोष केल्मी ‘म्यान अफ दि म्याच’ घोषित भए ।

च्यासलले पहिलो खेलबाट तीन अंक जोडेको छ ।