युरोपेली फुटबल महासंघका अध्यक्ष एलेक्जान्डर केफरिनले यस सिजनको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग स्थगित हुन सक्ने बताएका छन् ।
केफरिनले प्रतियोगिता नै स्थगित गर्नुको विकल्पमा दर्शकविहीन बन्द रंगशालामा खेलाउनु राम्रो भएको पनि मानेका छन्। युरोपेली क्लब फुटबलका दुई ठूला प्रतियोगिता अहिले अनिश्चित समयका लागि सारिएको स्थितिमा छन्।
जर्मन पत्रिका जेडडीएफसँगको कुराकानीमा अध्यक्ष केफरिनले भनेका छन्, ‘सेप्टेम्बर अथवा अक्टोबर महिनासम्म प्रतियोगिता चलाइ रहनुको कुनै अर्थ हुन्न।’
उनले जति बेलासम्म स्थिति अनुकूल हुन्न र कोरोना भाइरस संक्रमणको डर रहिरहन्छ, त्यति बेलासम्म फुटबल खेल्नु ठीक नहुने पनि स्वीकारेका छन्।