च्याम्पियन्स लिग सेमीफाइनल पुग्ने सबैभन्दा कम उमेर भएका प्रबन्धक

LEIPZIG,GERMANY,14.SEP.19 - SOCCER - 1. DFL, 1. Deutsche Bundesliga, RasenBallsport Leipzig vs FC Bayern Muenchen. Image shows Timo Werner and head coach Julian Nagelsmann (RB Leipzig). Photo: GEPA pictures/ Sven Sonntag - DFL regulations prohibit any use of photographs as image sequences and/or quasi-video - For editorial use only. Image is free of charge.

स्पेनिस टोली एटलेटिको म्याड्रिडलाई पराजित गर्दै जर्मन क्लब आरबी लाइप्जिग यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति पोर्चुगलको लिस्वनस्थित इटाडियो जोसे अल्भालाडे रंगशालामा भएको क्वाटरफाइनलको खेलमा लाइप्जिगले एटलेटिकोलाई २-१ गोलले पराजित गर्यो ।

सो क्रममा लाइप्जिगका प्रबन्धक च्याम्पियन्स लिग सेमीफाइनल पुग्ने सबैभन्दा कम उमेर भएका प्रबन्धक बन्न सफल भएका छन्। जुलियन नागेल्स्मान जो हाल मात्र ३३ बर्सका छन्, उनले आफ्नो क्लब आरबी लाइप्जिगलाई च्याम्पियन्स लिगको सेमीफाइनलमा लग्न मदत गरेका छन्।

 प्रबन्धक मात्र हैन जर्मन क्लबको उमेर पनि धेरै छैन आरबी लाइप्जिग मात्र ११ बर्स अघि गठन भएको थियो। आरबी लाइप्जिगको यूरोपेली सफलताको बारे सामाजिक संजालमा धेरै चर्चा भएको छ र धेरैले प्रबन्धकको प्रसंसा गरेका छन्।

लाइप्जिगले अब सेमिफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ । पीएसजीले बुधबार राति एटलान्टालाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।