च्याम्पियन्स लिग: रियल मड्रिडको सान्दार जित

रियल मड्रिडले च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको छ । बुधबार राति भएको समूह चरणको पहिलो खेलमा रियलले इटालियन क्लब रोमालाई ३ – ० ले हरायो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन इस्को, ग्यारेथ बेल र मरियानो डेइजले समान एक एक गोल गरे । रियलले रोमाविरुद्ध पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

सान्टियागो बर्नेबेउमा खेलको ४५ औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । खेलको ५८ औं मिनेटमा बेलले गोल गर्दै रियलको अग्रता २ – ० को बनाए । त्यसपछि खेलको ९० औं मिनेटमा डेइजले गोल गर्दै रियललाई ३ – ० को सहज जित दिलाए ।

यो जितसंगै समूह ‘जी’ को रियलले महत्वपूर्ण ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा भिक्टोरिया प्लेजन र सीएसकेए मस्कोले २ – २ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।