“च्याम्पियन्स लिग मेरो प्राथमिकतामा होइन”

चेल्सीका कोच थोमस टुचेलले च्याम्पियन्स लिग आफ्नो लागि प्राथमिकता नभएको दाबी गरेका छन्।

चेल्सीले मङ्गलवार राती च्याम्पियन्स लिगको अन्तिम १६ पहिलो लेगको खेलमा एटलेटिको म्याड्रिड विरुद्ध खेल्ने छ र सो बारे बोल्दै जर्मन कोचले अनौठो दाबी गरेका छन्।

“मेरो प्राथमिकता जहिले हाम्रो आउँदो खेल हो,” जर्मन कोचले भने।

“यो कहिल्यै फरक भएको छैन र आशा छ कि कहिले पनि परिवर्तन हुँदैन किनकि, म र मेरो खेलाडीहरू र मेरो टिमबाट म यो आशा गर्दछु: कि जब हामी चेल्सी जर्सी लगाउँछौँ, र खेल खेल्छौँ हामी जित्नको लागि खेल्छौँ र १०० प्रतिशत दिन्छौँ, प्रयास र तीव्रतामा।

“नकआउट चरणमा च्याम्पियन्स लिग खेलहरू खेल्न धेरै राम्रो र उत्साहजनक छ तर मेरो लागि एउटा मात्र प्रतियोगितामा कुनै प्राथमिकता छैन।”