च्याम्पियन्स लिग प्रतिबन्धको बावजुद गार्डियोला म्यान सिटीमै रहने

क्लबको हालका यूईएफए प्रतिबन्धको बावजुद पेप गार्डियोला म्यानचेस्टर सिटिमै रहने खबर छ।

फाइनान्सियल फेयर प्ले नियमहरूको उल्लंघन गरेको कारणले सिटीलाई यूईएफएले २ वर्षको लागि च्याम्पियन लिगबाट प्रतिबन्ध गरेको हो।

यसको मतलब सिटीले प्रतियोगिताको २०२०/२१ र २०२१/२२ को संस्करणहरूमा खेल्न पाउने छैनन्।

तर गोलका अनुसार, सिटीको प्रतिबन्धबिरुद्धको अपील सफल हुनेछ।

सिटीले गार्डियोला क्लबमै रहने अपेक्षा गरेका छन्। यो सिजन पछि गार्डियोलाको क्लबसंगको सम्झौता एक बर्ष बाँकी हुने छ।

क्लबको विश्वास छ कि उनि एक बर्ष चाँडो क्लब छोड्ने कुनै इरादा छैन।