च्याम्पियन्स लिग जित्न चेल्सी छोडेर आर्सनल गएका विलियन

सिजनको सुरुमा आर्सनलले आफ्नो प्रतिद्वन्द्वी क्लब चेल्सीका स्टार विलियन साइन गरेको थियो। विलियनको सम्झौता चेल्सी सँग अन्त्य भए पछि आर्सनलले उनलाई फ्री एजेन्टमा साइन गरेको थियो।

चेल्सी उनलाई अझै क्लबमा राख्न इच्छुक रहे पनि विलियनले सम्झौता विस्तार नगर्ने निर्णय लिएका थिए। चेल्सीले उनलाई २ वर्षको सम्झौता विस्तार प्रस्ताव गरे पनि उनले सो प्रस्ताव अस्वीकार गर्दै अर्सेनल गए भने आर्सनलमा जानुमा उनको मुख्य कारण आर्सनलका नयाँ कोच मिकेल आर्टेटाको योजना रहेको उनले बताएका थिए भने ३ वर्ष भित्र अर्सेनल सँग च्याम्पियन्स लिग जित्ने योजना रहेको उनको दाबी थियो।

हाल चेल्सीले यो सिजन च्याम्पियन्स लिग जितेको छ भने अर्सेनल अर्को सिजन २६ वर्षमा पहिलो पहिलो पटक युरोपियन प्रतियोगिता विहीन हुने छ।

विलियनको खेल अर्सेनलमा धेरै राम्रो पनि हुन सकेन भने लिगमा अर्सेनलको निकै खराब फम रह्यो। उनलाई आर्सनलले आउँदो ट्रान्सफर विन्डोमा बेच्ने चर्चा छ भने आर्सनलमा उनको समय बिर्सिन लायक हुने छ।

हाल विलियनले चेल्सी छोड्नुको कारण निकै हास्यास्पद बन्न पुगेको छ भने सामाजिक सञ्जालमा उनको मिम र ट्रोलहरू पनि बन्न सुरु भएको छ।

चेल्सीले दोस्रो पटक च्याम्पियनस लिग जितेको छ पहिलो चेल्सी पटक च्याम्पियनस लिगको उपाधि २०१२ मा बायन म्युनिखलाई पेनाल्टीमा पराजित गरी जित्न सफल भएको थियो। म्यानचेस्टर सिटिको भने यो पहिलो च्याम्पियनस लिग फाइनल थियो।