च्याम्पियन्स लिग जित्ने पुलिसिच पहिलो अमेरिकन खेलाडी

एजेन्सी, अमेरिकन स्टार क्रिस्टियन पुलिसिच च्याम्पियन्स लिग जित्ने पहिलो अमेरिकन खेलाडी बनेको छ। फाइनलमा म्यान्चेस्टर सिटिलाइ १-० गोलले जित्दै ईतिहास रचेको हो।

२०१२ को बिजेता चेल्सीलाई जित दिलाउन काइ हाभेर्ट्जले पहिलो हाफमा गोल गर्दै सिटिको पहिलो च्याम्पियन्स लिग जित्ने सपना टुहुरो बनाएको थियो।

प्रशिक्षक थोमस टुचेलले पुलिसिचलाई बेन्चबाट सुरुवात गराए पनि खेलको ६६ औं मिनेटमा टिमो वर्नरको स्थानमा मैदान प्रवेश गरे।

उन्ले सेमिफाइनलमा रियल म्याड्रिडबिरुद्ध गोल गरेका थिए। उन्को जारी सिजन च्याम्पियन्स लिगमा २ गोल र २ अस्सिट गरेका छन