च्याम्पियन्स लिग खेलको सम्पूर्ण नतिजाहरु; कुन कुन टिम जिते र हारे? पूरा जानकारी

च्याम्पियन्स लिगमा बुधबार राती भएको खेलमा बायर्न म्युनिख, म्यान्चेस्टर सिटी, पीएसजी, डिनामो जाग्रेब सबैले जित हात पारेको छ भने एट्लेटिको र युभेन्ट्स, ओलम्पियाकोस र टोटेन्ह्याम, क्लब ब्रुज्ज र ग्यालातासरे यी खेलहरु बराबरीमा रोकियो ।

बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा सकारात्मक सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा बार्यनले घरेलु मैदानमा सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई ३–० ले हराएको हो ।

किंग्सले कोमन्सले पहिलो हाफको ३४ औ मिनेटमा हेड गोलमार्फत बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
ब्राजिली स्टार फिलिप काउटिन्होले बार्यनको जर्सीमा च्याम्पियन्स लिगमा डेब्यु गरेर गोल समेत गरे । तर उनको गोललाई रेफ्रीले अफसाईड भनिदिए । उनी यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट बार्यन आएका थिए ।

रोबर्ट लेवान्डोस्कीले ८० औ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । खेलको अन्तिम मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मन च्याम्पियन बार्यनको च्याम्पियन्स लिगमा प्रभाव देखाउन सफल रहे ।

जितसंगै बार्यनले पहिलो खेलमै ३ अंक जोडेको छ । बेलग्रेड अंक विहिन हुदै तालिकाको पुछारमा छ ।

त्यस्तै म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा आरामदायी जित निकाल्न सफल भएको छ ।

युक्रेनको शख्तर डोनेक्स्टको घरेलु मैदानमा भएको खेलमा सिटीले ३–० को आरामदायी जित निकाल्न सफल भएको हो ।

रियाद महरेजले २४ ओ मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । ३८ औ मिनेटमा गुन्डोगोनले प्रिमियर लिग क्लबको अग्रतालाई दोब्बर बनाएका थिए ।

७६ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै सिटीको जित सहज बनाए ।

आरामदायी जितसंगै सिटीले तालिकामा तीन अंक जोड्यो । पहिलो खेलबाट शख्तर अंक विहिन रह्यो ।