च्याम्पियन्स लिगमा ४-० ले जिते पछि नापोलीका प्रशिक्षक कार्लो एन्सेलोटी बर्खास्त

इटालियन क्लब नापोलीले मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई बर्खास्त गरेको छ ।

च्याम्पियन्स लिगमा नापोलीको गेङ्क माथी ४-० को फराकिलो जितसंगै अर्को चरण प्रवेश गरेपछि केहि समयमा नै उनलाई बर्खास्त गरेको हो ।

एन्सेलोटीले दोस्रो सिजन नापोलीमा बिताईरहेका थिए। लिगमा निकै खराब प्रर्दशनका कारण उनलाई बर्खास्त गरिएको हो ।

एन्सेलोटीले सन् २००८–१० को सिजनमा प्रिमियर लिगको उपाधि र एफ ए कपको उपाधि जितेका थिए। उनी पछिल्लो समय प्रिमियर लिग क्लब आर्सनल र एभर्टनसँग जोडिएका छन्। दुवै क्लब अहिले मुख्य प्रशिक्षक विहिन छन् ।

तीन पटक च्याम्पियन्स लिग जित्ने उनी तेस्रो प्रशिक्षक हुन् । उनले रियल मड्रिड र एसी मिलानमा रहँदा सो सफलता हात पारेका थिए ।

उनले मिलानसँगै चेल्सी, पीएसजी र बार्यन म्युनिखलाई घरेलु लिगको उपाधि दिलाएका थिए ।