च्याम्पियन्स लिगमा सलाहको येस्तो अविश्वसनीय गोल

डिफेन्डिंग चैम्पियन क्लब लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘ई’ अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले साल्जवर्गलाई २–० गोलले हरायो । साविक विजेता लिभरपुल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

खेलमा सलाहले निकैनै अविश्वसनीय गोल गरे जसको चर्चा हुदै गरेको छ।

 

यस समूहबाट उपविजेता बन्दै इटालियन क्लब नापोलीले समूह उपविजेता बन्दै नकअउट चरणमा स्थान बनाएको छ । लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । लिभरपुलका लागि नाबी केइटाले ५७ औँ मिनेटमा खाता खोले । एक मिनेट लगत्यै मोहमद सलाहले गोलगर्दै लिभरपुललाई जिताएका थिए ।

अर्को खेलमा नापोलीले बेल्जियन क्लब जेन्कलाई ४–० गोलले पराजित गर्यो ।

नापोलीको जितमा अर्काडिउस मिलिकले ह्याट्रिक गरे । मिलिकले तेस्रो मिनेटमा खाता खोलेका थिए । उनले २६ औँ र ३८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । अर्को गोल डायर्स मार्टेन्सले ७५ औँ मिनेटमा पेनाल्टी मार्फत थपेका थिए ।

समूह ‘ई’ को विजेता लिभरपुलले १३ अङ्क नायो । १२ अङ्क बनाएको नापोलीले पनि उपविजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनायो ।