च्याम्पियन्स लिगमा लेवान्डोस्कीको यस्तो उत्कृष्ट ओभरहेड-किक गोल

च्याम्पियन्स लिगको समुह इ अन्तर्गतको खेलमा बायर्न म्युनिखले डाइनामो किभलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले युक्रेनी क्लब डाइनामो किभलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा रोबेर्ट लेवानडोस्की र किंग्सले कोम्यानले एक एक गोल गरेका थिए ।

लेवान्डोस्कीले गरेको उत्कृष्ट बाइसाइकल गोल हेर्नुहोस:

त्यस्तै डाइनामोका लागि एक गोल डेनी हर्माशले गरेका थिए ।

यो जितपछि बायर्न म्युनिख समुह इमा शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ । आफ्ना पाँचै खेलमा अपराजित रहेको बायर्नको ५ खेलमा १५ अंक रहेको छ ।

त्यस्तै डाइनामो किभको भने ५ खेलमा केवल १ अंक रहेको छ ।