युभेन्टसका स्टार गोलकिपर बुफनले बताए कि दुई सीजन अघि च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाइटेडबिरुद्ध पीएसजीको पराजयको बारेमा उनि अझै सोच्न रोक्न सक्दैनन्।
‘I think about it four times a week’ – Buffon still haunted by PSG’s Champions League loss to Manchester United https://t.co/rThilwxV2Q pic.twitter.com/o27L18nfst
— Goal Kenya (@GoalcomKenya) December 19, 2020
सो सिजनको च्याम्पियन्स लिग खेलको पहिलो लेगमा पिएसजीले २-०को जित हात परे पनि दोस्रो लेगको खेलमा युनाइटेडको उत्कृष्ट १-३ कम-ब्याक जित पछि पिएसजी नकआउट भएको थियो।
सो समय बुफन पिएसजीमा थिए र सो खेलबाट आफु निकै दु: खी भएको उनले बताए। “म्यान्चेस्टरमा हामीले २-० जित्यौँ किम्पम्बे र एम्बाप्पेको गोल गरेका थिए हाम्रो निकै राम्रो प्रदर्शन थियो। तर दुर्भाग्यवश दोस्रो लेगमा हामीले हारको सामना गर्यौं म आफूलाई त्यो अविश्वसनीय गल्तीको लागि दोष दिन्छु,” बुफनले भने।]
🎙Gianluigi Buffon 🇮🇹 thinks “at least 3 or 4 times a week” about his mistake against Manchester United, he said: “I was sure that this season, we would have arrived in the final (UCL), I was convinced. “ [@lequipe] #PSG #MUFC #UCL pic.twitter.com/tY2MZr8NIy
— RouteOneFootball (@Route1futbol) December 19, 2020
“त्यो गल्तीहरु मेरो अनुभवको अनुसार, मैले गर्नु नहुने थियो। “हामीले यो औपचारिकता हो भनेर सोचेका थियौं। हामीले पहिलो लेग २-० ले जितिसकेको हुनाले सायद हामीले कम महत्त्व दियौं।”
हाल बुफन फेरी युभेन्टसमा फर्की सकेका छन् र रोनाल्डोको साथ च्याम्पियन्स लिग जित्ने उनको सपना पुरा हुन सक्ने उनको विश्वास छ।