च्याम्पियन्स लिगमा मिल्नरको कीर्तिमान नेयमार र रुनीसँग बराबरी!

च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा गए राती लिभरपुलले सिटीलाई ३–० ले हराएको थियो । जसमा जेम्स मिल्नरले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् ।

लिभरपुलका लागि एलेक्स च्यामबरलेनले दोस्रो गोल गरे । त्यसमा इङ्लिस मिडफिल्डर मिल्नरको असिस्ट थियो । त्योसँगै मिल्नरको सिजन च्याम्पियन्स लिगमा ८ असिस्ट पुगेको छ । जुन म्यानचेस्टर युनाइटेडका पूर्व स्टार वायन रुनी र बार्सिलोनाका पूर्व स्टार नेयमारको कीर्तिमानसँग बराबरी हो ।

रुनीले युनाइटेडबाट खेल्दा २०१३/१४ सिजनमा ८ गोलमा असिस्ट गरेका थिए । नेयमारले त्यत्तिनै असिस्ट २०१६/१७ मा सिसजनमा बार्सिलोनाबाट गरेका थिए । समयका हिसाबले भने मिल्नरले कम समयमा त्यो सफलता प्राप्त गरेका छन् । रुनीले त्यो सिजन कुल ७ सय ६५ मिनेट र नेयमारले ७ सय ९७ मिनेट खेलेका थिए । मिल्नरले च्याम्पियन्स लिगमा यो सिजन ४ सय ५२ मिनेट खेल्ने अवसर पाएका छन् ।