च्याम्पियन्स लिगमा ‘भार’को प्रयोग गर्ने योजना

युरोपियन फुटबलको सर्वोच्च संस्था युईएफएले प्रतिष्ठित च्याम्पियन्स लिगमा यस सिजनबाट भिडियो असिस्टेन्ट रेफ्री (भार) को प्रयोग गर्ने योजना बनाईरहेको छ ।

युईएफए हाल भारको प्रयोगबारे प्रारम्भिक परिक्षणमा छ । साथै भार प्रविधिबाट समय–समयमा विवाद पनि उत्पन्न भएकाले यसको पूर्ण प्रयोगबारे पनि आशंका छ ।

युईएफएले आफ्नो आधिकारिक वक्तव्यमा भनेको छ, “युईएफए आफूले आयोजना गर्ने प्रतियोगिताहरुलाई थप उत्कृष्ट बनाउन प्रयासरत छ । हाल अलग–अलग प्रतियोगिताहरुमा भिडियो असिस्टेन्ट रेफ्री (भार) बारे परिक्षण गरिरहेको छ ।

भारको पूर्णतालाई लिएर अहिले पनि कयौं समस्या आइरहेका छन् र हामीलाई लाग्छ यो प्रविधि पूर्ण रुपमा प्रमाणित हुनु आवश्यक छ । जसका कारण दर्शकहरुमा पनि कुनै किसिमको अन्यौलता नहोस् ।”

रिपोर्टअनुसार च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट भारको प्रयोग हुन सक्ने बताइएको छ । जसका कारण युईएफएलाई एकै दिन आठ फरक–फरक भिडन्तमा यसको प्रयोग गर्नुपर्ने समस्या हुनेछैन