च्याम्पियन्स लिगमा नेमार र एम्बाप्पेको यस्तो अविश्वसनीय रेकर्ड रहेको छ

च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले बायर्न विरुद्ध निकै राम्रो जित निकालेको छ र उक्त खेलमा क्लबका दुवै सुपर स्टार नेमार र एम्बाप्पेको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो।

खेलको पहिलो गोलको लागि नेमारले एम्बाप्पेलाई असिस्ट गरेका थिए भने २८ औँ मिनेटमा मार्क्विन्होसको गोलमा पनि नेमारको असिस्ट रहेको छ।

पिएसजीको उत्कृष्ट जितमा दुवै नेमार र एम्बाप्पेको निकै राम्रो खेल रहेको थियो र उक्त क्रममा दुवैले आफ्नो च्याम्पियन्स लिग रेकर्ड अझै राम्रो र अविश्वसनीय बनाएका छन्।

नेमारको च्याम्पियन्स लिगमा ६६ खेलमा ४१ गोल र २६ असिस्ट रहेको जुन गोलको लागि कुल ६७ संलग्नता रहेको छ।

२२ वर्षका किलियन एम्बाप्पेको पनि च्याम्पियन्स लिगमा निकै उत्कृष्ट रेकर्ड रहेको छ। उनको केवल ४३ खेलमा ४२ गोल संलग्नता रहेको छ जसमा २७ गोल र १५ असिस्ट रहेको छ। पिएसजीका फ्रेन्च स्टारले २२ वर्ष मै फ्रेन्च लेजेण्ड थियरी हेनरीको रेकर्ड तोडेका छन्।

एम्बाप्पेले अब च्याम्पियन्स लिग नकआउट चरणमा पूर्व आर्सेनल र बार्सिलोना सुपरस्टार भन्दा बढी गोल गरेका छन्।