च्याम्पियन्स लिगमा नेमारको यस्तो उत्कृष्ट रेकर्ड

इस्तानबुल बिरुद्धको च्याम्पियन्स लिगको जितमा पिएसजीको लागि नेमार एक महत्त्वपूर्ण भाग रहे। उक्त खेलमा उनले ह्याट्रिक गरे भने उनले च्याम्पियन्स लिगमा उत्कृष्ट रेकर्ड पनि बनाए।

इस्तानबुल बिरुद्धको ह्याट्रिक संगै उनको पिएसजीको साथ २० च्याम्पियन्स लिग गोल पुगेको छ र बार्सा संग पनि उनले २१ च्याम्पियन्स लिग पुरा गरेका थिए जसको मतलब च्याम्पियन्स लिगमा दुई फरक टिमबाट २० च्याम्पियन्स लिग गोल पुरा गर्ने उनि पहिलो खेलाडी हुन्।

इस्तानबुल बिरुद्धको खेलमा नेमारको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो भने उनले आफ्नो नाममा एक उत्कृष्ट रेकर्ड पनि बनाए।

हाल सम्म क्रिस्टियानो रोनाल्डोले पनि त्यो हासिल गर्न सकेका छैनन्। रोनाल्डोको हाल युभेन्टस संग १४ गोल, म्यानचेस्टर युनाइटेड संग १५ र रियल म्याड्रिड संग अविश्वसनीय १०५ गोल रहेको छ।

“म यहाँ एकदमै खुसी छु, पेरिसमा,” उनले आरएमसी स्पोर्टलाई भने।

“म मेरो टीम- मेटहरु र क्लबको साथ धेरै खुसी छु। मेरो क्लब छोडेर जाने विचार छैन।