च्याम्पियन्स लिगमा नेमारको ७ सर्वश्रेष्ठ प्रदर्शनहरु

पीएसजीको नाटकीय २-१ को जीतमा नेमारको प्रदर्शन निकै रमाइलो थियो। बुधबार लिस्बनमा भएको पहिलो क्वाटरफाइनलमा हारनजिक पुगेको पीएसजीले अन्तिम समयमा ३ मिनेटमा दुई गोल गर्दै एटलान्टालाई २-१ गोल अन्तरले पराजित गरी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो।

उक्त खेलमा नेमारको प्रदर्शनको धेरै प्रशंसा भएको छ- खेलमा उनले गोल नगरे पनि उनको शैली र प्रतिभाले फ्यानहरुलाई खुसी बनाएको छ। ।

तर उनले च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट प्रतिभा देखाएर फ्यानहरुलाई खुसी पारेको यो पहिलो पटक हैन। २८ बर्षेका स्टारले अहिले सम्म च्याम्पियन्स लिगमा ५८ खेल खेलेका छन् भने 35 गोल र २८ असिस्ट गरेका छन्।

र हामीले नेमारले च्याम्पियन्स लिगमा गरेको सर्वश्रेष्ठ प्रदर्शनहरुको सुची बनाएका छौं जुन तल हेर्न सक्नु हुने छ :-

७. पिएसजी v लिभरपूल- २०१८

२०१८मा लिभरपूल बिरुद्ध उनको प्रदर्शन निकै राम्रो थियो। जर्जेन क्लोपका टिम बिरुद्ध उनको उनको काउन्टरले लिभरपूलको डिफेन्डरलाई निकै चुनौती दिएको थियो। उनले खेलमा गोल पनि गरेका थिए र पिएसजीलाई २-१को जित निकाल्न मदत गरेका थिए। भ्यान डाइकलाई पनि नेमारको गति र चतुरतासँग बाँच्न गार्हो भएको थियो।

६. बार्सिलोना v सेल्टिक- २०१३

प्रतियोगितामा नेमारको पहिलो ह्याट्रिक २०१३/१४ सिजनको समूह चरणमा बार्सिलोनाको सेल्टिक बिरुद्धको ६-१को जितमा आएको थियो। ब्राजिलियन त्यो गर्मीमा मात्र क्लबमा आएका थिए, तर उनले बार्सालाई लिओनेल मेस्सी बिना खेलमा जित हात पार्न मदत गरे। उनले उक्त खेलमा एक असिस्ट पनि गरे

५. पिएसजी v बरुसिया डार्टमन्ड- २०२०

ईरलिंग हालान्डका बोरुसिया डर्टमन्ड बिरुद्ध नेमारले खेलको पहिलो गोल हेडरबाट गरेका थिए उनले डर्टमन्डका डिफेन्डरहरुलाई निकै गार्हो समय दिए र पिएसजीलाई २-० गोलको जित संगै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका थिए।

४. बार्सिलोना v युभेन्टस- २०१५

२०१५को च्याम्पियन्स लिग फाइनलमा नेमारले बार्सालाई पाँचौं यूरोपीयन कप र दोस्रो ट्रेबलमा सुरक्षित गर्न महत्वपूर्ण तेस्रो गोल गरे। युभेलाई नेमार सम्हाल्न निकै गार्हो भएको थियो र त्यो बर्स ब्राजिलियान संसारको तेस्रो सर्वश्रेष्ठ खेलाडीको रूपमा परिचित भएका थिए।

३. पिएसजी v एटलान्टा- २०२०

पीएसजीको नाटकीय २-१ को जीतमा नेमारको प्रदर्शन निकै रमाइलो थियो र जितमा उनले निकैअ ठुलो भूमिका खेले। ब्राजिलियनले उक्त खेलमा कुल १६ सफल ड्रिबल पूरा गरे, र खेलमा उनले असिस्ट पनि गरे ।

२. बायर्न म्युनिख v बार्सिलोना- २०१५

बार्साले यो खेल ३-२ले हारेको थियो, तर त्यो रात नेमारले बार्साको लागि निकै राम्रो खेलेका थिए भने उनले बायर्नको होममा २ महत्त्वपूर्ण अवे गोल गरे । दोस्रो लेगको खेलमा बार्साले ३-०को जित निकाल्दै कमब्याक गरेको थियो। त्यो खेलमा मेस्सी, नेमार र सुआरेजको साझेदारी निकै बलियो थियो।

१. बार्सिलोना पिएसजी- २०१७

च्याम्पियन्स लिग ईतिहासको सबभन्दा प्रसिद्ध व्यक्तिगत प्रदर्शन रहेको खेल मध्ये एक यो खेल हो र नेमारको प्रदर्शन यो खेलमा निकै उत्कृष्ट रहेको थियो। पहिलो लेगमा ४-१को हार बेहोरेको बार्सालाई दोस्रो लेगमा ठुलो दबाब थियो तर बार्साले उक्त खेलमा ६-१को जित संगै नाटकीय रुपमा कमब्याक गर्यो।  खेल ३-१मा पुगेको बेला उनले आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै बार्सालाई खेल जित्न मदत गरे- उक्त खेलमा नेमारले २ गोल गरेका थिए र सम्भवत यो यूरोपियन फुटबलमा सबैभन्दा ठूलो पुन: आगमन हो।